ओबिसिको राष्ट्रिय सम्मेलन जनकपुरधाममा

डेटूडे खबर डेस्क
२५ भदौ २०७९
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा अखिल भारतीय पिछडावर्ग ओबिसी महासंघ, भारतका राष्ट्रिय अध्यक्ष बिरेन्द्र प्रसाद मौर्य लगायतको प्रमुख आतिथ्यमा तेस्रो राष्ट्रिय पिछडावर्ग ओबिसि सम्मेलन सम्पन्न भएको छ ।
मधेस प्रदेश राजधानी जनकपुरधाममा पिछडावर्ग ओबिसी महासंघको तेस्रो राष्ट्रिय सम्मेलनको अध्यक्षता पिछडावर्ग ओबिसी महासंघ नेपालका अध्यक्ष भरत प्रसाद महतोको अध्यक्षतामा भएको सम्मेलनमा पिछडावर्गमा पर्ने चार दर्जन जातजातिहरुको ४२ जातजातीहरुको सूचिकृत गर्नुपर्ने बताएका हो ।
अध्यक्ष यादवले भने, हामीले सरकारले गरेको प्रतिगमनकारी कदमको अन्त्यका लागि गठबन्धन बनाइएको छ । तर गठबन्धनको नाउँमा कुनै प्रकारको आत्मघाती कदम जसपा नचाल्ने ठोकुवा गरेका छन् ।
सो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पिछडावर्गको ओबिसी उत्थानका लागि आफु हरेक समयमा प्रयासरत रहेको कुरा बताउनुभयो ।
ओबिसी सम्मेलनमा प्रदेश सांसद रामअशिष यादव, पिछडावर्गका संस्थापक प्रवक्ता मुनाई महतो, नेता बलराम महतो, प्रदेश सचिव जितेन्द्र यादव, युवाका अध्यक्ष दिपेन्द्र कापडि सहितका वक्ताहरूले पिछडावर्गका अधिकार प्राप्तिका संगठित भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।