जबरालाई बयानमा हस्ताक्षर गराउने तयारी

  डेटूडे खबर डेस्क
  ३१ भदौ २०७९

                            

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदैछ ।

आजको बैठकमा उहाँसँग पूरक प्रश्न नसोधिने भएको छ । यसअघि हिजो समितिले बयानका क्रममा जबराले नाम लिएका नेपाल बार एसोसिएशनका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ अधिवक्ता, अधिवक्तासँग छलफल गरेको थियो ।

समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमका अनुसार समितिले बयानमा केन्द्रित रहेर प्रतिवेदन लेख्ने काम गरिरहेको जानकारी दिनुभयो । सकेसम्म आज बेलुकासम्म प्रतिवेदन तयार पारेर भोलिसम्ममा प्रतिनिधि सभामा पेस गरिने समिति सचिव गौतमले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट