डेङ्गु संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवा
डेटूडे खबर डेस्क
३१ भदौ २०७९
काठमाडौँ महानगरपालिकाले डेङ्गु संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवा २४ घण्टे हटलाइन र निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ | डेङ्गु भएको संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श गर्न सकिने छ |
महानगरपालिकाको निशुल्क एम्बुलेन्स सेवा लिन १०२ मा फोन गर्न सकिनेछ |पछिल्लो समय डेङ्गु संक्रमित बिरामीहरु बढी रहेको बेला महानगरले यस्तो व्यवस्था गरेको हो |