राष्ट्रिय भूमि आयोगद्वारा लालपुर्जा वितरणको काम स्थगित

  डेटूडे खबर डेस्क
  ०१ असोज २०७९

                            

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले जग्गाको लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित गरेको छ ।

निर्वाचन आयोगको निर्देशन अनुसार जग्गा वितरण सम्बन्धी निवेदन लिने जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण काम तत्काल स्थगित गरिएको भूमि आयोगले जनाएको छ ।

साउन ३१, भदौ १, २ र २९ को सूचनामा उल्लेखित कामका अतिरिक्त लगत सङ्कलन, नापजाँच तथा निस्सा तथा जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने काम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

निर्वाचन आयोगले यसअघि लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको थियो ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट