डा केसीको जीवन रक्षा गर्न चिकित्सक संघको आग्रह

  डेटूडे खबर डेस्क
  ०३ असोज २०७९

                            

अनशनरत प्राडा गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले सरकारसँग आग्रह गरेको छ।

 संघका महासचिव डा बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरेका हुन्।

संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ 'डा केसीको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पुर्‍याई उहाँको जीवन रक्षा गरिदिनु हुन वार्ता टोलीलाई संघ हार्दिक अनुरोध गर्दछ।'

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्ने लगायतका सातबुँदे माग राख्दै डा केसी ८ दिनदेखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनशनरत रहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट