७५ जिल्लामा फैलियो डेंगु, २१ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०४ असोज २०७९

                            

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा डेंगु संक्रमणबाट २१ जनाको मृत्यु भएको जनाएको छ। मन्त्रालयले हाल ७ वटै प्रदेशको ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ। 

मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म १७ हजार ५ सय ९४ जनामा डेंगु संक्रमित व्यक्ति भेटिएका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा १२ हजार ९ सय ४७ जनामा डेंगु संक्रमित भेटिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै,प्रदेश १ मा पाँच सय ६०,मधेश प्रदेशमा २ सय ६१,गण्डकीमा चार सय ९,लुम्बिनी प्रदेशमा २ हजार ६ सय ४३ जना,कर्णाली प्रदेशमा २ सय ७ र सुदुरपश्चिम प्रदेशमा पाँच सय ६७ जनामा डेंगु संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट