चिकित्सक संघको अध्यक्षमा डा.रामजी निर्वाचित

डेटूडे खबर डेस्क
०४ असोज २०७९
जनकपुरधाम । नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएशन) जनकपुरधामको अध्यक्षमा डा. रामजी यादव निर्वाचत हुनु भएको छ ।
नयाँ नेतृत्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा सोमबार भएको निर्वाचनमा २९७ मत प्राप्त गरि डा. यादव अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी डा. अनिल ठाकुरले भने १३७ मत पाउनु भएको छ ।
त्यसै गरि १३ सदस्यीय नयाँ कार्यसमितको वरिष्ठ उपाध्यक्षमा डा. रामेस्वर महासेठ, उपाध्यक्षमा डा. अश्विनी कुमार झा, सचिवमा डा.राम ज्ञान यादव, कोषाध्यक्षमा डा. राजेश कुमार शाह, सह–सचिवमा डा. रतिश कुमार सिंह,सह–कोषाध्यक्षमा डा.अमित कुमार यादव निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा डा. बिभाश गोइत , डा. बिपिन कुमार यादव, डा. देव नारायण साह, डा. रबि रन्जन प्रधान, डा. ऋषिकेश प्रताप साह र बिजय कुमार साह निर्वाचित भएका छन् ।
कूल मतदाता ५८२ रहेकोमा ४४९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । केही मतहरु बदरसमेत भएको थियो ।