लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गरे जनकपुरधामको पिडारी चोकमा चक्काजाम

  डेटूडे खबर डेस्क
  ०५ असोज २०७९

                            

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले जनकपुरधामको पिडारी चोकमा चक्काजाम गरेका छन ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले स्थानीय पिडारी चोकमा चक्काजाम गरिएकाे हाे ।

युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
लोसपाले राष्ट्रपति भण्डारीको राजीनामा समेत माग गरेको छ ।

राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेशवादी दलहरूले आन्दोलनको चेतावनी दिइरहेका छन् ।

प्रतिनिधिसभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट