थप ६६ जनामा काेराेना सङ्क्रमण

  डेटूडे खबर डेस्क
  ०६ असोज २०७९

                            

पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार दुई सय ६२ जनाको नमुना परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय ३७ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार चार सय पाँच जनामा झरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट