खाने तेलको मूल्य घट्याे

  डेटूडे खबर डेस्क
  ०६ असोज २०७९

                            

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मुल्य १० रुपैयाँले घटाएको छ | बजारको भाउ भन्दा सुपथ मूल्य पसलमा महँगाे भएको भन्दै गुनासो आएपछि कम्पनीले लिटरमा थप १० रुपैयाँले घटाएको हो र नयाँ मूल्य हिजोदेखि नै लागू भइसकेको छ ।

मुल्यमा गिरावटपछि सूर्यमुखी तेलको मूल्य प्रतिलिटर २८५ रुपैयाँ, तोरीको तेल २७५ रुपैयाँ र भटमासको तेल २४० रुपैयाँ पुगेको छ । सरकारले भन्सार दर घटाएपछि तेलको मूल्य घटाइएको हो | सहुलियत पसल सञ्चालन गर्नुअघि खाद्यले सूर्यमुखी प्रतिलिटर ३०२ रुपैयाँ, तोरी २८७ रुपैयाँ र भटमासको तेल २ सय ५२ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा आएसंगै प्रतिलिटर ७ रुपैयाँले घटाएर नयाँ मूल्य निर्धारण गरिएको थियो । प्रतिलिटर ७ रुपैयाँले घटाएपश्चात सूर्यमुखी २९५, तोरी २८० र भटमास २४५ रुपैयाँमा बिक्री हुँदै थियो । साथै, खाद्य कम्पनीले दाल, चामल, चिउरा, कर्णालीको सिमी, तेललगायत २४ प्रकारका खाद्यवस्तुमा प्रतिकेजी र प्रतिलिटरमा ७ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइरहेको छ |

कम्पनीले असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म काठमाण्डौ उपत्यकाकासहित देशका विभिन्न ४५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ । काठमाण्डौ उपत्यका, पोखरा र सुर्खेतका बासिन्दाले अनलाइनमार्फत पनि साम्रगी अर्डर गर्न सक्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट