डा. गोविन्द केसीको श्वासप्रश्वासमा समस्या

डेटूडे खबर डेस्क
०६ असोज २०७९
स्वास्थ्य क्षेत्र सुधारको माग राखेर त्रिवि शिक्षण अस्पतालमा अनशनमा रहेका डा. गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएको छ ।
यसअघिका सम्झौता कार्यान्वयनसहितका माग राखेर डा. केसी ११ दिनदेखि अनशनमा छन् । डा. केसीको रक्तचापमा केही परिवर्तनका साथै मांशपेशी बाँउडिने, छाति दुख्ने, पेट दुख्ने लगायतका समस्या देखा परेका छन् ।
धनगढीमा अनशन बसिरहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि १० औं दिनमा हिजो काठमाडौं ल्याइएको थियो । डा. केसीलाई शिक्षण अस्पाल महाराजगञ्जका एनेक्स १ भवनको कोठा नम्बर ५०१ मा रहेको स्पेसल क्याबिनमा राखिएको छ ।