असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन

  डेटूडे खबर डेस्क
  ०७ असोज २०७९

                            

काठमाडौं । निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ । आयोगको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हरेक जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन लागेको हो ।   
आयोगको निर्णयानुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउनुपर्ने छ ।

साथै निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट