एक दिनमै १ हजार ५१ जना डेंगी संक्रमित थपिए, मृतकको संख्या ३२ पुग्यो

  डेटूडे खबर डेस्क
  १० असोज २०७९

                            

जनकपुरधाम । देशमा पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् ।
सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।

महाशाखाको अहिलेको तथ्याङ गर्दा सबैभन्दा धेरै काठमाडौंमा आठ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १२ हजार ३५ पुगेको छ । उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार २७५ जनामा संक्रमण देखिएको छ ।

संक्रमितको संख्या २०० भन्दा माथि रहेकामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला छन् । अन्य जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ । नेपालमा डेंगी संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको वरिष्ठ विज्ञहरु बताउँछन् ।

अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट