अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              १२ असोज २०७९  
  
                        
                            जनकपुरधाम । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएको छ । असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीले दिएको राजीनामा स्वीकृत गरेको हो ।
नेपालले असोज ११ गते बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेलअघि एन्फाको कार्यसमिति बैठकले राजीनामा स्वीकृत गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।
अल्मुताइरीले केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए । बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । मंगलबार नेपालले उक्त खेल ३-१ ले जितेसँगै हुमागाईंको कार्यकाल पनि सकिएको छ ।
                        
                     
                    
                  
                            