आजबाट शेयर बजार बन्द, असोज २३ गतेबाट पुन: सुचारु हुने

  डेटूडे खबर डेस्क
  १४ असोज २०७९

                            

जनकपुरधाम । हिजो असोज १३ गते दशैँ अगाडीको अन्तिम शेयर कारोबार भएको छ । तसर्थ, आज असोज १४ गते शुक्रबार र असोज १५ गते शनिवार परेकोले शेयर कारोबार हुने छैन । त्यसपछि असोज १६ गतेदेखि दशैँ विदा सुरुहुनेछ । दशैँ विदामा नेप्सेको कारोवार हुनेछैन | बजार अब असोज २२ गतेसम्म अर्थात् ९ दिन बन्द रहने छ ।

असोज १३ गते शेयर कारोबार १६.२९ अंकले बढेर १८५३.७६ अंकमा कायम भएको थियो | नेप्सेमा ६३ करोड २४ लाख ७ हजार ६२७.६७ रुपैयाँ बराबरको कारोवार भएको थियो | जसमा १३४ कम्पनीको मुल्य बढेको थियो भने ४७ कम्पनीको घटेको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट