मधेश प्रतिष्ठानले पाए एमडी र एमएसको कोटा

  डेटूडे खबर डेस्क
  १६ असोज २०७९

                            

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर  पठ्नपाठनका लागि तीन वटा सिट पाएको छ ।

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई एमडी र एमएसका लागि तीन सीटमा पठ्नपाठन गराउन अनुमति दिएको छ । आयोगले यस वर्ष स्त्री रोग विभागमा दुई र बालरोग सम्बन्धी पठ्नपाठनको लागि एक वटा सिट प्रदान गरेको प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठान स्थापना भएको दुई वर्षभित्रै कोटा पाउनु ठुलो उपलब्धि हो । अहिलेसम्म नेपालको इतिहासमा यति कम अवधि भित्रै कुनै पनि प्रतिष्ठानले अध्ययन अध्यापनका लागि कोटा पाएका छैन । मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थोपेडिक्स र रेडियोलोजिष्ट गरी ६ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने चिकित्सा आयोगसँग अनुमति मागेको थियो ।

प्रतिष्ठान स्थापना भएको ६ महिनाभित्रै बिएसी नर्सिङ, बिपिएच, बिएमएलटी र बिएन एस कक्षा सञ्चालन गर्न सफल भएको छ । प्रतिष्ठानले पाँच वर्षसम्मका लागि पाएको लक्ष्य दुई वर्षमै पूरा गरेको उनको दाबी छ ।

प्रतिष्ठान स्थापनाकालमा चार वटा लक्ष्य दिइएको थियो । जसमध्ये सबै लक्ष्य पूरा भइसकेको उनले बताए । प्रतिष्ठानको प्रशासन, भौतिक संरचना निर्माण, उच्च स्त्तरीय चिकित्सक भर्ना, शिक्षण अस्पतालसहितको सेवा दिने जस्ता लक्ष्यहरु राखिएको थियो । प्रतिष्ठानले हालै गुठी संस्थानसँग १८ विद्या जमिन लिजमा लिएको छ ।

सोही जमिनमा शिक्षण अस्पतालको भवन बनाउने तयारी गरेको छ । प्रतिष्ठान हाल दुईसय शैयाको छ । छिट्टै यसलाई तीन सय शैयाको बनाउने प्रतिष्ठानको तयारी छ ।

शिक्षण अस्पतालकै वरिपरि भविष्यमा आँखा अस्पताल, क्यान्सर अस्पताल, हाडर्जोनी जस्ता विभागहरु बनाइने योजना रहेको छ । ०७७ फागुण ५ गते प्रतिष्ठानको स्थापना भएको थियो । हाल प्रतिष्ठानमा ६ वटा अप्रेशन थिएटर छन् । जसमध्ये तीन वटा आधुनिक अप्रेशन थिएटर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट