सन्दीप लामिछाने बिमानस्थलबाट पक्राउ

डेटूडे खबर डेस्क
२० असोज २०७९
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार पक्राउ परेका छन् ।
नाबालिक किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर लामिछाने आज बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै पक्राउ परेका हुन् ।
गत भदौ ५ गते राति १७ वर्षीया नाबालिग किशोरीसँग होटलमा सँगै बिताएपछि भदौ ६ गते सन्दीप नैरोबी उडेका थिए ।
प्रहरीका अनुसार ती किशाेरीले सन्दीपले भदाै ५ गते दिनभर काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौँ ल्याई सिनामंगलको एक होटलको कोठा नम्बर ३०५ मा भदौ ५ गते बिहान साढे १२ बजे बलात्कार गरेका जाहेरी दिएकी थिइन् । यसैका आधारमा प्रहरीले हाेटेल र सम्बन्धित किशाेरीसँग अनुसन्धान गरी थप अनुसन्धानका लागि लामिछालाई पक्राउ गरेकाे हाे ।
क्यानले पनि साे आराेपलागेसँगै सन्दीपलाई निलम्बन गरेकाे छ भने नैरोबीमा पनि उनी खेल खेल्न पाएनन् ।