धनुषाकाे चारवटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  डेटूडे खबर डेस्क
  २० असोज २०७९

                            

जनकपुरधाम । मंसिर ४ गते  निर्वाचन सम्पन्न गराउनका लागि धनुषाको चार वटै निर्वाचन क्षेत्रमा कार्यालयको  स्थापनासँगै उद्घाटन गरिएको छ ।

बिहीबार जनकपुरधाममा पनि मुख्यनिर्वाचन अधिकृतको कार्यालयको स्थापना तथा उद्घाटन गर्दै मुख्यनिर्वाचन अधिकृत तथा मुख्यन्यायाधिश ब्रजेश प्याकुरेलले निर्वाचनलाई सम्पन्न गराउनका लागि सबैको सहयोग आवश्यकता रहेको बताए।

उनले धनुषाको चारवटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्दै उनले राजनीतिक दल, पत्रकार, नागरिक समाज समेतको निर्वाचनमा उपस्थितिदेखि अनुगमन समेत हुनाले निर्वाचन शान्तिपूर्णरुपमा हुने विश्वास व्यक्त गरे ।

धनुषाको क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाधाममा स्थापना गरिएको छ भने क्षेत्र नम्बर २ को कार्यालय तिनकोरिया चोकमा, क्षेत्र नम्बर ३ को कार्यालय जनकपुरधाममा र क्षेत्र नम्बर ४ को मुख्य निर्वाचन अधिकृतको कार्यालय महेन्द्रनगरमा स्थापना गरिएको छ । चार वटै क्षेत्रमा स्थापना गरिएको कार्यालयको उद्घाटन एकैदिनमा मुख्यनिर्वाचन अधिकृत प्याकुरेलले गरेका थिए ।

सो कार्यालय उद्घाटनमा राजनीतिक दलका प्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रतिनिधि लगायतको सहभागिता  रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट