दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय खेलमा भारत पराजित

  डेटूडे खबर डेस्क
  २१ असोज २०७९

                            

पहिलो एकदिवसीय खेल भारत दक्षिण अफ्रिका विरुद्ध हारेको छ । शुक्रवार लखनउमा भएको खेल वर्षाको कारण ४० ओभरमा झारिएको थियो । सो खेलमा भारत पराजित भएको थियो । भारत हारसँगै तीन खेलको श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन मात्र बनाउन सक्यो । 

भारतका लागि सन्जु सामसन र श्रेयस आयरले अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउन सकेनन् । सामसनले अविजित ८६ रन तथा श्रेयसले ५० रनको अर्धशतकिय पारी खेले ।

दक्षिण अफ्रिका लुंगी एनजीडीले ३ तथा कागिसो राबडाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित ७५ रन तथा हेन्रिच क्लासेनले अविजित ७४ रनको अर्धशतकिय पारी खेले । त्यस्तै क्विन्टन डी ककले ४८ रन जोडे ।

भारतका सार्दुल ठाकुरले २ विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो एकदिवसीय आइतवार तथा अन्तिम खेल मंगलवार हुनेछ । यसअघि भएको टी–२० श्रृंखला भारतले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट