डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो

  डेटूडे खबर डेस्क
  २२ असोज २०७९

                            

नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३२ हजार १२१ जना डेंगु रोगी देखिएको विवरण प्राप्त भएको छ । मन्त्रालयले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट