सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति

डेटूडे खबर डेस्क
२४ असोज २०७९
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सन्दिपलाई आज अदालतमा पेश गरिएको थियो । सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दिपमाथी अब थप अनुसन्धान हुने छ ।