सुनको भाउ आज घट्यो

  डेटूडे खबर डेस्क
  २४ असोज २०७९

                            

जनकपुरधाम । दशैँको बिदामा बढेको सुनको भाउ आज घटेको छ ।

हिजो तोलामा ३ हजार रुपैयाँले बढेकाे सुनकाे भाउ आज भने तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता बढेको छ । यसले गर्दा भाउमा उतारचढाव आउने उहाँले बताउनुभयो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा १ हजार २ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ आज २५ रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट