वीरगञ्जबाट भारतीय रुपैयाँ सहित तीन जना महिलालाई पक्राउ

  डेटूडे खबर डेस्क
  २५ असोज २०७९

                            

वीरगञ्ज । प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँ सहित वीरगञ्जबाट तीन जना महिलालाई पक्राउ गरेको छ । नुवाकोटका ४५ वर्षीया अनिता तामाङ र ४४ वर्षीया सरिता अग्रवाल तथा धादिङकी ३० वर्षीया मन्जु तामाङ पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २८ लाख ५६ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।

रक्सौल–वीरगञ्ज नाका हुँदै आउँदै गरेका उनीहरुलाई शनिबार बिहान वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पक्राउ गरेको थियो । वीरगञ्ज–१६ रजतजयन्ती चोकमा नियमित सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले बताए ।

उनीहरुले बोकेर ल्याएको झोला तथा शरीर खान तलासी गर्दा अनिताको साथबाट भारु २ हजार रुपैयाँ दरका नोट ५५ थान र ५ सय दरका ५ हजार ३ सय ८० वटा नोट गरी जम्मा २८ लाख बरामद भएको थियो । उनीसँगै आएकी मन्जुको साथबाट ५६ हजार रुपैयाँ बरामद भएको थियो । उनीहरुसँगै भारतबाट आएकी सरिताको पनि रकम ल्याउने कार्यमा संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट