राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

डेटूडे खबर डेस्क
२५ असोज २०७९
काठमाडौं । कोभिड १९ संक्रमण भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज भएकी छन्। अस्पताल भर्ना भएको ४ दिन पछि राष्ट्रपति भण्डारी डिस्चार्ज भएकी हुन्।
उनको उपचारमा संलग्न डा/ निरज बमका अनुसार स्वास्थ्यमा क्रमिक सुधार भएपछि राष्ट्रपति भण्डारीलाई आज डिस्चार्ज गरिएको बताए।
गत शनिवार लगातार ज्वरो आउने, टाउको दुख्ने भएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पताल पुगेकी थिइन। परिक्षणको क्रममा उनलाई कोभिड १९ पुष्टि भएको थियो।
हाल उनमा ज्वरो खोकी लगायतका समस्या कम भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।