जनकपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

डेटूडे खबर डेस्क
२६ असोज २०७९
जनकपुरधाम । जनकपुरधाममा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २३ वर्षीय रामनारायण ठाकुरको मृत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साेमवार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।