लोकसेवा आयोगले माग्यो ४३३ सहसचिव र उपसचिव

  डेटूडे खबर डेस्क
  २६ असोज २०७९

                            

लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ। सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । 

इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना कर्मचारी माग गरिएको छ। कृषि सेवातर्फ दुई सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिव माग गरेको आयोगले जनाएको छ। 

लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६, शिक्षा सेवातर्फ सहसचिवमा २ र उपसचिवमा २२, स्वास्थ्य सेवातर्फ सहसचिवमा ४३ र उपसचिवमा ५९, राष्ट्रिय मानव अधिकार सेवातर्फ सहसचिवमा ४ र उपसचिवमा ८ जना माग गरिएको छ।

दरखास्त फारम कात्तिक २९ गतेसम्म बुझाउन सकिने आयोगले जनाएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट