बारामा एकै परिवारका ३ जनाको शव भेटियो

डेटूडे खबर डेस्क
२६ असोज २०७९
वीरगञ्ज । बारामा एकै परिवारका तीन जनाको शव नदी किनारमा फेला परेको छ।
प्रसौनी गाउँपालिका-५ प्रस्टोका गाउँ नजिकैको ढोरा खोला किनारमा स्थानीय दिपेन्द्र चौधरीकी श्रीमती २५ वर्षीया सुजता, उनकी ३ वर्षीया छोरी ताहिरा र अन्दाजी १६ महिनाको छोरा राजवीरको शव फेला परेको बाराका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेश थापाले जानकारी दिए।
उनका अनुसार बुधबार दिउँसो साढे २ बजेको समयमा स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल तर्फ लागेको छ।
उनीहरुको मृत्युको कारण अहिले सम्म खुलेको छैन। घटना बारे थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।