सन्दीपविरुद्ध दोस्रोपटक पाँच दिन म्याद थप

  डेटूडे खबर डेस्क
  २७ असोज २०७९

                            

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट बिहीबार दोस्रोपटक पाँच दिनको म्याद थप गरिएको छ । अदालतले यसअघि उनलाई सात दिन हिरासतमा राखेर अनुुसन्धान गर्न अनुमति दिएको थियो ।

यसअघि २४ गते उनलाई अदालतमा उपस्थित गराइएको थियो । २० गते प्रकाउ गरेको आधारमा ७ दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको थियो । जुन समयसीमा आज सकिँदै थियो ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट