डेंगुले थप २ जनाको मृत्यु, मृतकको संख्या ४७ पुग्यो

  डेटूडे खबर डेस्क
  २८ असोज २०७९

                            

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा डेङ्गुको संक्रमणबाट दुई जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ४७ पुगेको छ।

पछिल्लो एक दिनमा एक हजार ७८७ जना डेंगु संक्रमित थपिएका छन्। यससँगै कूल संक्रमतिको संख्या ३८ हजार ९१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार डेङ्गुका कूल संक्रमितको संख्या ३७ हजार १३१ जना थियो।

डेङ्गुको संक्रमण हाल ७७ जिल्लामै फैलिसकेको छ।   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट