२४ घण्टामा ४२ जनामा काेराेना संक्रमण

  डेटूडे खबर डेस्क
  २८ असोज २०७९

                            

पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार ६९ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २६ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ सय ३८ जना पुगेको छ । यस्तै थप दुई लाख ६ हजार ६ सय चार जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट