थप ३२ जनामा काेराेना संक्रमण

  डेटूडे खबर डेस्क
  ३० असोज २०७९

                            

पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार एक सय ६२ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    यही अवधिमा सात जना संक्रमित निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा छ सय ८८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।  २४ घण्टामा १९ हजार दुई सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट