सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा भाेलि सार्वजनिक बिदा

  डेटूडे खबर डेस्क
  ३१ असोज २०७९

                            

काठमाण्डाै ।  सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भाेलि मङ्गलवार सार्वजनिक बिदा दिएको  छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज साेमवार एक विज्ञप्ति निकालेर भाेलि मङ्गलवार कात्तिक १ गते जाेशीकाे निधनकाे शाेकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

शताबी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा हिजो आइतवार बिहान निधन भएको थियो । उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताउनुभयो । 310438653_2270868366415287_3485976397309447352_n_15BziYzYOP 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट