जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर ५ हजार रुपैयाँ घुससहित पक्राउ

  डेटूडे खबर डेस्क
  ३१ असोज २०७९

                            

पर्सा ।  जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव आज साेमवार पाँच हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस रकम लिएको भन्ने उजुरीको आधारमा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले पक्राउ गरेको हो । यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट