थप ५३ जनामा काेराेना संक्रमण

  डेटूडे खबर डेस्क
  ०३ कार्तिक २०७९

                            

जनकपुरधाम । पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार पाँच सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।

यही अवधिमा थप ५१ जना संक्रमित निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा सात सय २७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा १५ हजार तीन सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट