कर्मचारीलाई गोली प्रहार गर्ने ४ जना पक्राउ

  डेटूडे खबर डेस्क
  ०३ कार्तिक २०७९

                            

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-२ जुटपानी घर भई सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरी घाइते बनाएको अभियोगमा चार जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनकौला गाउँपालिका-१ बस्ने ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र शहनी, भारत बिहार तरयानी छप्रा-८ बस्ने १९ वर्षीय रेहान भन्ने आलोक सिंह, भारत बिहार सुलतानपुर-१० बस्ने १९ वर्षीय सौरभ कुमार यादव र भारत बिहार हराज-१२ बस्ने १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् ।

बागमती नगरपालिका-१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत उनलाई बुधबार दिउँसो गोली प्रहार गरी घाइते बनाएको घटनाको थप अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न आलोक, सौरभकुमार, गुलसनलाई बलरा नगरपालिका-३ लक्ष्मीपुरबाट र धिरेन्द्रलाई धनकौल गाउँपालिका-१ बाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट प्रहरीले गोलीको खोका ४ थान र फायर भएको बुलेट ४ थान बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट