दुई महिनामा २ खर्ब ७३ करोड बराबरको वस्तु आयात

  डेटूडे खबर डेस्क
  ०५ कार्तिक २०७९

                            

जनकपुरधाम । चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो दुई महिना अवधिमा नेपालले २ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ | यस अवधिमा वस्तु आयात १३% ले घटेको हो | गत आर्थिक वर्ष २०७८/७९ को यसै अवधिमा नेपालको आयात ७५.९% ले बढेको थियो । भारतबाट ९.५%, चीनबाट १३.३% र अन्य मुलुकबाट २०.७% ले आयात घटेको हो |

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रसायनिक मल , स्पंज आइरन, औषधी हवाईजहाज तथा तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सवारी साधनका स्पेयर पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

साथै, दुई महिना अवधिमा नेपालले २८ खर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । वस्तु निर्यात तथ्यांक भने ३४.९% ले घटेको हो | यस पटक भारततर्फ ४५.२% र चीनतर्फ २१.६% ले निर्यात घटेको छ ।

वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट