सशस्त्रको ट्रक दुर्घटनामा चार जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०५ कार्तिक २०७९

                            

कपिलवस्तु– कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ नम्बरको ट्रक बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी, सहायक हवल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका(३ का २६ वर्षीय अमर संग्रामी मगरको मृत्यु भएको हो ।

दुर्घटनामा तीन जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट