घोराहीका तीनवटा फर्निचर उद्योगमा आगलागी

  डेटूडे खबर डेस्क
  ०८ कार्तिक २०७९

                            

 घोराही । घोराहीका तीन फर्निचर उद्योगमा आगलागी भएको छ । आगो लाग्दा करोडौँको क्षति भएको छ । घोराही- १५ उमेश मार्ग रोडमा रहेको न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीनवटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक विरबहादुर ओलीले जानकारी दिनुभयो । राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणमा आएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको दमकल सहयोगमा आगो नियन्त्रणमा लिएको हो । लक्ष्मीपूजामा बालिएको दियोका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट