सुनको मूल्य घट्यो

  डेटूडे खबर डेस्क
  १३ कार्तिक २०७९

                            

जनकपुरधाम । आइतबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ६ सय र चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ ।

तिहार अघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य १२ सय १५ रुपैयाँ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट