भारतले बङ्गलादेशलाई ५ रनले हरायाे

  डेटूडे खबर डेस्क
  १६ कार्तिक २०७९

                            

आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले बङ्गलादेशलाई हराएकाे छ । आज बुधवार एडिलेडमा भएकाे राेमाञ्चक खेलमा भारतले बङ्गलादेशलाई पाँच रनले हरायाे । 

वर्षाले प्रभावित भएकाे खेलमा १६ ओभरमा एक सय ५१ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेशले छ विकेट गुमाएर एक सय ४५ रन बनायाे । उसका लागि लिटन दासले ६० र नुरुल हसनले २५ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंह र हार्दिक पान्डेयाले दुई/दुई विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८४ रन बनायाे । उसका लागि विराट काेहलीले नटआउट ६४, केएल राहुलले ५० र सूर्यकुमार यादवले ३० रन बनाए । बलिङतर्फ हसन महमुदले तीन र शाकिब अल हसनले दुई विकेट लिए । 

याे जितसँगै भारत चार खेलमा छ अङ्कसहित समूह '२' काे तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । बङ्गलादेश चार अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट