थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

  डेटूडे खबर डेस्क
  १६ कार्तिक २०७९

                            

जनकपुरधाम । नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय २ पिसिआर परिक्षणका क्रममा ४६ जना र २ हजार ४० एन्टीजेन परिक्षणका क्रमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप २१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट