नाबालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

  डेटूडे खबर डेस्क
  १७ कार्तिक २०७९

                            

विराटनगर । विराटनगरमा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छन् ।

विराटनगर महानगरपालिका-१२ की नाबालिकालाई करणी गरेको आरोपमा सोही वडाका ३८ वर्षीय साजन कामतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कामत इलेक्ट्रिसियन हुन् ।

कार्तिक ११ गते दिउँसो घरमा कोही नभएको बेला नाबालक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले बताएको छ ।

पीडित बालिकाको बावु ज्याला मजदुरी काम गर्छन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् ।

नाबालिकाले छिमेकीलाई सुनाएपछि कार्तिक १४ गते प्रहरीसम्म पुगेको थियो । जाहेरीपछि आरोपीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट