वीरगञ्ज : सवारी दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १७ कार्तिक २०७९

                            

वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-३२ चोर्नी बस्ने ५९ वर्षीय चोकट महतोको मृत्यु भएको हो।

कार्तिक १३ गते बिहान चोर्नीमा माटो खसालेर व्याक गर्ने क्रममा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले पैदल यात्रा गरिरहेका महतोलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट टाउकोमा चोट लागेर गम्भिर घाइते भएका महतोलाई नेपाल मेडिसिटि बयोधा अस्पताल वीरगञ्जमा उपचारका लागि लगिएको थियो ।

उपचारको क्रममा बिहीबार बिहान ०५:५० बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मृतकको शव पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको छ । ट्याक्टर चालक चोर्नीकै २० वर्षीय धर्मेन्द्र यादव दुर्घटना पछि फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट