सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

  डेटूडे खबर डेस्क
  १८ कार्तिक २०७९

                            

काठमाडौं । नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।  
शुक्रबार अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेले मुद्दाको किनारा नलागेसम्म सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका हुन् ।
गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा सन्दीपविरुद्ध  एक बालिकालाई बलात्कार गरेको भनेर उजुरी परेको थियो ।

काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध भदौ २३ गते सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । गत असोज २० गते सन्दीप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट