थप २५ जनामा कोरोना संक्रमण पुष्टि

  डेटूडे खबर डेस्क
  १८ कार्तिक २०७९

                            

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४५ जनामा गरिएको नमुना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका ५६९ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट