पाँच सय ६२ सक्रिय सङ्क्रमित

  डेटूडे खबर डेस्क
  १९ कार्तिक २०७९

                            

जनकपुरधाम । आज थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार दुई सय ७६ नमूना परीक्षण गर्दा सो सङ्ख्या सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ६२ छ । नेपालमा हालसम्म १० लाख सात सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोनाबाट १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । खोप अभियान शुरु भएदेखि हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले एक मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् । पछिल्लो २४ घन्टामा खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । हालसम्म डेङ्गुबाट ५४ जनाको मृत्यु भएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट