सुनको मुल्य तोलामा १४०० रुपैयाँले बढ्यो

  डेटूडे खबर डेस्क
  २० कार्तिक २०७९

                            

काठमाडौं । आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघले आज आइतबारको कारोबार दर तोक्दै  शुक्रबारको   तुलनामा सुनको मूल्य बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार  रुपैयाँ छ । यसअघि, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ थियो ।

त्यस्तैगरि आइतबार चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।  शुक्रबार भने चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट