श्रीमान्–श्रीमतीकाे झगडामा दुई वर्षीया छाेरीकाे ज्यान गयाे

  डेटूडे खबर डेस्क
  २२ कार्तिक २०७९

                            

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका वडा नम्बर ३ अँधेरीमा श्रीमान् र श्रीमतीबीच झगडा हुँदा दुई वर्षीया छाेरीकाे ज्यान गएकाे छ । ३५ वर्षीय राजेन्द्र राईले साेमवार राति छाेरी ऋतिकाकाे हत्या गरेका हुन् । उनले २१ वर्षीया श्रीमती उषालाई पनि कुटपिट गरेका छन् । घाइते उषाको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

रक्सी खाएका राजेन्द्र र श्रीमतीबीच विवाद भएकाे थियाे । विवादकै क्रममा उनले नजिकै रहेको खुकुरी झिकेर श्रीमतीकाे टाउकोमा प्रहार गरेका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । त्यसपछि श्रीमती छोरी च्यापेर भाग्न खोज्दा श्रीमानले लछारपछार पारेपछि उनी छोरी छोडेर भागेका थिए । पछि स्थानीयवासी र प्रहरी पुग्दा छोरी मृत अवस्थामा भेटिएकी थिइन् ।  

प्रहरीले अभियुक्त राईलाई पक्राउ गर्न झन्डै दुई घण्टा लागेको थियो । हातमा खुकुरी बोकेर घरभित्रबाट सबैलाई आक्रमणको प्रयास गरेपछि राईलाई पक्राउ गर्न कठिन भएको थियो । उनी आफैँले आफैँलाई समेत टाउकोमा खुकुरीले काटेर घाइते भएका छन् । उनकाे पनि ओखलढुङ्गा सामुदायिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट