थप १६ जनामा कोरोना संक्रमण पुष्टि

  डेटूडे खबर डेस्क
  २४ कार्तिक २०७९

                            

जनकपुरधाम । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ६ सय १४ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १३ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ६३ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट