डेंगुबाट थप दुईजनाको मृत्यु

डेटूडे खबर डेस्क
२४ कार्तिक २०७९
काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार नेपालमा थप २ जनाको डेंगुबाट मृत्यु भएको हो। योसँगै गत साउनयता नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ।
यस्तै हालसम्म नेपालमा यो वर्ष डेंगुबाट संक्रमित हुनेको संख्या ५१ हजार १७७ जना पुगेको छ।
डेंगु संक्रमण साउनदेखि अहिलेसम्म सातैवटा प्रदेशका ७७ वटा जिल्लामा पुगिसकेको छ।